चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित

0
Shares

काठमाडौं ।

नेपाल चिकित्सक सङ्घको अध्यक्षमा डा.अनिलविक्रम कार्की निर्वाचित भएका छन्। सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएका छन्  ।

उनका निकटत प्रतिद्वन्द्वी डा.सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाएका थिए।  मधेस प्रदेश उपाध्यक्षमा डा. नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन्।

माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो। सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित भएका छन्।

कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन्। सङ्घको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो।

Skip This