आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने भएका छन् ।

आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको छ भने विश्वासको मत लिने कार्यसूची पनि रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।

तर, नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।

गत पुस २७ गते नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

यस्तोमा नागरिक उन्मुक्तिले नदिने निर्णय गर्दा रावल नेतृत्वको सरकार एक महिना नपुग्दै ढल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्