सुझाव कार्यान्वयन नभएको भन्दै रवीन्द्रले बोर्ड सल्लाहकारबाट दिए राजीनामा



नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन नगरेको भन्दै चलचित्र विकास बोर्डको सल्लाहकारबाट राजीनामा दिएका छन् । म कुनै पनि पदको लागि मात्रै लोभी छैन, सवैको हितमा काम गर्न क्रियाशील हुन चाहने व्यक्ति भनेर उदाहरण पेश गरेको पनि हुँ ।

सल्लाहकार समितिका संयोजक नीर शाहलगायत हाम्रो समितिले धेरै राम्रा कामका सल्लाह सुझाव पनि दिएको थियो, तर कार्यान्वयन हुन सकेन । अनि विगत केही महिनायता बोर्डका तर्फबाट धेरै विवादित काम पनि हुँदै आएका छन् ।

त्यसमा सल्लाहकार समितिसँग कुनै राय–सल्लाह लिएको पनि हैन रवीन्द्रले भनेका छन्, नेपाल चलचित्र कलाकार संघको साधारणसभामा पनि खटिनु पर्ने कारणले मैले पदबाट राजीनामा दिएको हुँ ।

बोर्डले आगामी माघ २९ देखि फागुन ३ गतेसम्म ३० लाख रुपियाँ खर्च गरेर सूर्य कर्पोरेसन प्रालि नामक निजी कम्पनीका साथ यूएईको दुबईमा नेपाल सिनेमा फेस्ट–२०२३ आयोजना गर्ने भएपछि त्यसको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्