पहाडी क्षेत्रमा घुम्ती सिनेमा



फिल्म हलको सुविधा नभएका पूर्वी नेपालका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।

खुल्ला स्थानलाई अस्थायी रूपमा सिनेमा हलको स्वरूप तयार गरी फिल्म प्रदर्शन गरिएको आयोजक चलचित्र विकास बोर्डले जनाएको छ । कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक सहभागी थिए ।

सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा चलचित्र अग्नीदहनका निर्माता कोविद शरण उपाध्याय र स्थानीय सहजकर्ता तथा लिम्बू चलचित्रकर्मी संघका अध्यक्ष एवं चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति, मातृभाषी प्रवद्र्धन समितिका पूर्व संयोजक सूर्यप्रकाश चेम्जोङले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने बोर्डको तर्फबाट अधिकृत गिरिश शर्माले जानकारी गराएका थिए । सो अवसरमा अग्नीदहन, कृ र क्याप्टेन प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्