आजबाट हयारीकी प्यारी



हास्य कलाकार जितु नेपालले मुख्य भूमिकामा अभिनय गरेको फिल्म हमरीकी प्यारी आज शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने भएको छ ।

गत मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जितुको जोडी बनेकी छन् । यसमा जितुलाई हिरो बन्न बलिष्ठ शरीर अग्लो कद आवश्यक पर्दैन भन्ने रूपमा देखाइएको छ ।

सम्बन्धको उतारचढावमा अघि बढ्न फिल्ममा जितु र साम्राज्ञीका साथ विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतले अभिनय गरको छन् । नायिका रेखा थापाले यसमा आइटम डान्स गरेकी छन् ।

बिहार प्रोडक्सनको ब्यानरमा डा. भोला रिजालद्वारा निर्मित फिल्ममा डा. कपिल रिजालको कथा र निर्देशन अभिमन्यु नीरवी, डा. कपिल रिजाल, सुदीप बराल र गिरिराज घिमिरेको पटकथा तथा संवाद, डा. भोला रिजाल, डा. कपिल रिजाल र युग भुसालको गीत युग भुसाल र शिखर सन्तोषको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विनोद कठायतको कला निर्देशन, सुदीप बरालको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्