फूलबारी पाँच शहरको टुरमा



आगामी फागुन ५ गते रिलिज हुने फिल्म फूलबारी पाँच सहरको टुरमा निस्केको छ । गत शुक्रबारदेखि बुटवलबाट सुरु टुर माघ २१ गतेसम्म चल्नेछ ।

यो समयावधिमा फिल्म युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टुरमा विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी छन् । टुरअन्र्तगत कलाकारको टोली गत शुक्रबार बुटवलको मणिमुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुरुवरवर्ती इङ्लिस बोर्डिङ स्कुल पुगेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई फिल्मका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको फिल्मको गीत माया रहेछ र गाएर स्वागत गरेका थिए ।

बुटवलकै गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तक्र्रिया गरेका थिए । कार्यक्रमको सुरुवातमा कालीप्रसादले पारी त्यो डाँडा, जैले रिसाउने र फूलबारीको गीत माया रहेछ र सुनाएका थिए । फिल्म युनिटले आइतबार पोखराको टुर गरेको छ भने मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

फिल्मका निर्माता मनीष ढकालका अनुसार फिल्मले पब्लिक इभेन्टअन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रूपमा मानिसको भीड हुने स्थानमा कार्यक्रम गर्नेछ । रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतले अभिनय गरेका छन् । फिल्मले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्