अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ



काठमाडौं । अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन् । बृद्धाहरूलाई थप्पड हानेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन् ।

अस्ट्रेलियाको एक बृद्ध हेरचाह गृहमा रहेका बृद्धबृद्धालाई थप्पड हानेको आरोपमा त्यहाँको प्रहरीले नर्स पाण्डेलाई पक्राउ गरेको ९ न्युज अस्ट्रेलियाले जनाएको छ ।

वर्किङ भिसामा अस्ट्रेलियामा रहेकी पाण्डे इप्पिङस्थित एस्टिया हेल्थ नामको स्वास्थ्य संस्थामा कार्यरत थिइन् ।

९ न्यूजमा प्रकाशित खबरअनुसार पाण्डेले ९५ वर्षीया बृद्धा तथा अस्टे्रलियन नागरिक जोन मुरेलाई थप्पड हान्नुका साथै धकेलेकी थिइन् ।
बृद्ध हेरचाह गृहका अर्का सहयोगीले मुरेकी छोरीलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए ।

रिता बल नामकी अर्की बृद्धालाई पनि पाण्डेले दुव्र्यवहार गरेको समाचारमा उल्लेख छ । नर्स पाण्डेलाई पक्राउ गरी अदालतमा मुद्दा चलाइएको छ ।

घटना थाहा भएपछि पाण्डेलाई कामबाट हटाएको र रोजगारी सम्झौता पनि खारेज गरेको एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले एक वक्तव्यमार्फत जानकारी गराए ।

गर्भवती रहेकी नर्स पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । उनलाई मार्चमा सजाय सुनाइने ९ न्यूजको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्