छोराको स्मृतिमा ७० जनाको नि:शुल्क शल्यक्रिया



हेटौंडा ।

काठमाडौँ महानगरपालिकाका माघब राजभण्डारी र राधिका राजभण्डारीले सपुत्र आशीष राजभण्डारीको स्मृतिमा निःशुल्कआखाँ शिविरको सौजन्य गर्नुभएको छ ।

मकवानपुरको बकैया र हर्नामाडी तथा बाराको प्रष्टोकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी ७० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । नेपाल आँखा कार्यक्रमका कार्यकारी सदस्य सिद्धिलाल श्रेष्ठको समन्वयमा श्रेष्ठ दम्पतिले सहयोग गर्नुभएको हो ।

अस्पताल प्रमुख डा. सुनिल थकालीले अस्पतालमा विदेशी दाताहरुबाट सहयोग आइरहेकोमा स्वदेशीबाट अन्धोपन निवारणका लागि सहयोग आउनु खुशीको कुरा भएको बताउनुभयो ।

७० जनाको शल्यक्रिया खर्चसहित अस्पतालमा हुने भिडियो कन्फरेन्स गर्न आवश्यक उपकरण खरिदका लागि ५ लाखको चेक श्रेष्ठ दम्पतिले हस्तान्तरण गरेको अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बताउनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले सन् २०२२ मा अस्पतालमा ८१ हजार ८७ जनाको आँखा जाँच गरेकोमध्ये महिला ५७ प्रतिशत् रहँदा विभिन्न शिविरमा १२ हजार ३ सय ३६ जनाको जाँच गरेको छ ।

५९ वटा शिविर गरेको अस्पतालले मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीमा गर्दा शिविरबाट निःशुल्क शल्यक्रिया गरिएका १ हजार ७ सय ३६ छन् । जम्मा ५ हजार २ सय ६४ जनाको शल्यक्रिया गर्दा मेजर ३ हजार ७ सय ७८, माइनर १ हजार ४ सय ८६ र मोतिविन्दुका ३ हजार ४ सय २६ छन् ।

विद्यालय आँखा अन्तर्गत् १ हजार ९ सय ४० जनाको परीक्षण गरिएको छ । आँखा स्वास्थ्य सम्बन्धी तालिम तथा जनचेतना ४ कार्यक्रम गर्दा महिला स्वास्थ्य स्वयम्सेविका, पत्रकार, ग्रील व्यवसायी र स्वास्थ्यकर्मी छन् ।

सामुदायिक आँखा केन्द्र थाहा नगरपालिका (पालुङ) र मनहरी, वागमती गाउँपालिका छन् भने इन्द्रसरोवर र कैलाशमा स्थापना हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्