सेफ एशोसियशनको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं ।

परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथलीले रक्तत्व बनाउने कार्यलाई प्रभावकारी रूपमा अघि बढाएको ५ वर्ष पुरा भई ६ वर्षमा लागेको उपलक्ष्यमा रानीवारिमा सेफ एशोसियशनको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानलाई प्रभावकारिता बनाउँदै गएको प्रसुतिगृह अस्पतालले अन्यत्र रगत नपाएर छटपटाएका बिरामीलाई होल ब्लड लगायत ब्लडको कम्पोनेन्ट समेत उपलब्ध गराएर ठुलो सहयोग पुर्‍याउँदै आएको छ ।

बिरामीहरूले कहीँ रगत नपाए प्रसुतिगृहमा पक्का पाइन्छ भन्ने विश्वासका साथ आउने गरेको प्रसुतिगृह रक्तसञ्चार सेवा इन्चार्ज पशुराम दाहाल बताउनुहुन्छ ।

दूर दराजबाट प्रसुतिगृहमा आउने गर्भवती, सुत्केरी, पाठेघरको समस्या भएका बिरामी लगायतलाई मात्र नभै देशका विभिन्न अस्पतालबाट रगतको अभावमा छटपटाएका बिरामीहरूलाई समेत रगत उपलब्ध गराउँदै आएको र एक वर्षमा ब्लड कम्पोनेन्ट पिआरबिसी १ हजार २ सय २१ युनिट, एफ.एफ.पी. ६ सय ५१ युनिट नवजात शिसुको लागि आवश्यक न्यूओनिटल प्याक ३ सय ३० युनिट र होल ब्लड १ हजार ७ सय ७७ युनिट प्रसुतिगृह बाहिरका बिरामीलाई उपलब्ध गराएको दाहालले जानकारी गराउनुभयो ।

कोभिडका बेला पहिलो चरणमा लकडाउन हुँदा पनि प्रसुतिगृहको ब्लड बैंकले रगत उपलब्ध गराएकै कारण टेकु अस्पतालमा उपचाररत बिरामीको ज्यान बचाउन सफल भएको स्मरण ताजै रहेको दाहाल बताउनुहुन्छ ।

यति बेला डेंगोको कारणले गर्दा रक्तदाताको संख्या केही घटेको छ । डेंगो भएका व्यक्तिले ६ महिना सम्म रक्तदान गर्न नमिल्ने हुनाले घटको हो । फागुनदेखि पुनः रक्तदाताको संख्या बढ्ने उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय महिला र युवा पुस्ताले खानपानमा ध्यान नदिएर हो वा डाईटिङको नाममा आवश्यक खाना नखाएर हो हेमोग्लोविनको मात्रा कम भएर पनि रक्तदाता घटेको दाहाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्