पोखराको सेती नदीको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना : ६६ जनाको शव फेला



कास्की । काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको NYT 691, 9N-ANC विमान पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा आइतबार बिहान दुर्घटना भएको छ ।

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४
जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको खुल्न आएको छ ।

दुर्घटनास्थलमा हालसम्म ६६ जनाको शव फेला पारिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य
गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्