दुर्घटनाग्रस्त विमानको क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाउने तयारी



काठमाडौं । काठमडाौबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएपछि विमानको क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाउने तयारी गरिएको छ ।

काठमाडौंबाट पोखरा उडेको सो विमानमा चालकदलका ४ सदस्य सहित ६८ यात्रु सवार थिए । उनीहरुको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा हवाई बीमा गरिएको यती एयरलाइन्सले जनाएको छ ।

विमान दुर्घटना भएसँगै क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर झिकाइएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हिमालन एभरेष्टमा यति एयरलाइन्सको हवाइ बीमा गरिएको रहेछ, क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर बोलाइसकेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘उताबाट सर्भेयर हिडिसक्यो, एक यात्रुको २० हजार डलर बराबरको हवाई बीमा गरिएको छ ।’

दुर्घटनामा ज्यान गुमाउने यात्रुको मृतकले २० हजार डलर अर्थात् आजको विदेशी विनियम मुद्रा सटही दर अनुसार २६ लाख रुपैयाँ पाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्