पोखरा विमान दुर्घटनाप्रति सभापति देउवाको दुःख व्यक्त



????????????? ????????? ????? ??????? ????????? ???????? ?????? ?????????

काठमाडौं । काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । साथै, सभापति देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

देउवाले घटनामा परि दिवंगत भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्र्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्