प्रदेश-१ मा प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीद्वारा शपथग्रहण



विराटनग । प्रदेश–१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँसहित तीन जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्रीका ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रधानमन्त्रीका ज्वाइँ आचार्यलाई पनि मन्त्री नियुक्त गरेका छन् ।

दुर्गा चापागाई, बुद्धिकुमार राजभण्डारीलाई पनि मन्त्री पदमा नियुक्त गरिएको छ । चापागाई र आचार्य माओवादी केन्द्रबाट मन्त्री भएका हन् । राजभण्डारी नेकपा (एमाले) कोटाबाट मन्त्री बनेका छन् ।

आज नियुक्त भएका सबै बिनाविभागीय मन्त्री हुन् । उनीहरुको जिम्मेवारी चाँडै तोकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्