शीतलहर बढेसँगै तराई-मधेसको जनजीवन कष्टकर, सरकारको निर्णय : आठ लाख रूपियाँ दिने



जनकपुरधाम । शीतलहर बढेसँगै तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको गृह मन्त्रालयले जनाएको छ ।

चिसो, शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन तथा क्षति हुन नदिन सरकारका तर्फबाट आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाकारी दिए ।

शीतलहरबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सबै जिल्लामा आठ लाख रूपियाँ उपलब्ध गरिने मधेस प्रदेश सरकारले निर्णय गरेको छ ।

मधेस सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्