यहीँ पुष २५ गतेसम्म बागमती प्रदेश मुख्यमन्त्रीको दाबी पेश गर्न निर्देशन



काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि समयसीमा तोकिएको छ । यहीँ पुष २५ गते सोमबारसम्म दाबी पेश गर्न समयसीमा तोकिएको हो ।

मुख्यमन्त्रीको लागि बहुमतको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न सूचनामार्फत निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ, ‘बागमती प्रदेशमा मुख्यमन्त्री दाबीका लागि कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेका छैनन् । यसर्थ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि यहि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्न अनुरोध छ ।’

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि तीन राजनीतिक दलले आकांक्षा देखाएका छन् । मुख्यमन्त्री प्राप्तिका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लविङ शुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्