मिर्गौला र प्रोस्टेट ग्रन्थि, पत्थरीको निःशुल्क शल्यक्रिया 

94
Shares

काठमाडौं । 
मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको  खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाई अस्पताल तथा रेडक्रस अफ कुवेतसँगको सहकार्यमा ३१ जनाको निःशुल्क  शल्यक्रिया गरेको छ ।
मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको शल्यक्रिया सम्बन्धी निःशुल्क शिविर संचालन गरेको इन्स्टिच्युट मेडिकल डाइरेक्टर डा.सञ्जय खड्गीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
उहाँले यही पौष १४,१५ र १६ गते तीन दिनसम्म जारी रहेको विवरबाट ३१ जना विपन्न वर्गका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न गरेको बताउनुभयो ।  खड्गी इन्स्टिच्युटले आफ्नो स्थापना काल देखिनै विपन्न वर्गका बिरामीका लागि समय समयमा निःशुल्क शल्यक्रिया सेवा दिँदै आएको छ भने हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको जनाएको छ ।
शिविरमा मिर्गौला पत्थरी भएका २५ जना बिरामी र प्रोस्टेट ग्रन्थि सम्बन्धी समस्या भएका ६ जना बिरामीको शल्यक्रिया गरिएको र शल्यक्रिया गरिएकामा २५ बर्षदेखि ८१ वर्ष सम्मका बिरामी रहेको जानकारी गराइयो । शिविरमा बिरामीको शल्यक्रिया मात्र नभई बिरामीको लागि आवश्यक पर्ने औषधि तथा बेड चार्ज समेत निःशुल्क गरिएको डा.खड्गीले बताउनभयो । उहाँले पत्थरी शल्यक्रियाका लागि मिनी पीसस्एनएल विधि र प्रोस्टेट ग्रन्थिका लागि बाइलोपार टर्भ विधिबाट बिरामीमा ठुलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिएको जानकारी गराइयो ।
डा.खड्गीले नेपालमा कयौँ बिरामी आर्थिक अभावका कारण उपचार गर्न नसकेर मिर्गौला तथा प्रोस्टेट ग्रन्थि फेल हुने अवस्थामा पुग्ने अवस्थामा यस्तो निःशुल्क विशविरबाट सेवा लिएका बिरामीलाई राहत मिलेको विश्वास लिनुका साथै सेवा दिन पाएकोमा गर्व महशुस गर्दै आगामी दिनमा पनि यस्ता सेवा दिन प्रतिबद्ध छौ भन्नुभयो ।
रुकुमकी एक ३२ वर्षीय महिलाको दुवै मिर्गौलामा पत्थरी भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारका लागि आएकै बेला खड्गी इन्स्टिच्युटले निःशुल्क उपचार गर्छ भनेर अस्पतालले पठाएका कारण आज मैले निःशुल्क उपचार पाएँ भन्नुहुन्छ ।
त्यसै गरी चन्द्रागिरि नगरपालिका वडा नं ९ का ७३ वर्षीय बिरामी बर्षौ देखि प्रोस्टेट ग्रन्थिको समस्या बोकेर बसेको थिए । म यही समस्या लिएर खड्गी इन्स्टिच्युटले आयोजना गरेको स्वास्थ्य शिविरमा गएको थिए डा.संजयले निःशुल्क उपचार हुन्छ ललितपुरमा रहेको खड्गी इन्स्टिच्युट अस्पतालमा बोलाउनुभयो र निःशुल्क उपचार गरिदिनुभयो । शल्यक्रिया गरेको तेस्रो दिन आइतबार साँझ डिस्चार्ज भएर घर जाँदै छु भन्नुभयो ।
त्यसैगरि दोलखाकी ६४ वर्षीय एक महिलाको मिर्गौलाको पत्थरी भएको बर्षौ भएको र अब उपचार हुँदैन मर्छु होला भन्ने लागेको थियो । तर छोराहरूले यो खड्गी इन्स्टिच्युट पत्ता लगाएर उपचारका लागि ल्याए मैले निःशुल्क उपचारसँगै नयाँ जीवन पाएको महसुस भएको छ भन्नुभयो ।