जापानमा एकैदिन १ लाख ९२ हजार जनामा सङ्क्रमण, ४२० सङ्क्रमितको मृत्यु

एयरपोर्टमा कडाइ 



जापान ।

जापानमा एकैदिन ४२० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने १ लाख ९२ हजार ६३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणलाई सामान्य सङ्क्रमण जन्य रोगको सुचीमा राखी,खासै रोकथामका उपायहरु कार्यन्वयन नगरेको जापानमा पछिल्लो २ महिनामा कोरोना सङ्क्रमण पुनः महामारीको रूप लिइरहेको छ ।

टोकियो,खानागावा,चिबा,ओसाका,फुकुओका तथा होक्काईदो लगायतका सहरहरुमा संक्रमितहरुको सङ्ख्या अत्याधिक बढ्दा आकस्मिक बिरामीहरुले समेत अस्पताल जानका लागि पालो कुर्नुपर्ने तथा एकभन्दा धेरै अस्पताल धाउनुपर्ने अवस्था देखा परेको छ ।

कोरोना सङ्क्रमण उच्च बन्दै जाँदा,जापान सरकारले भोलिदेखि चीनबाट आउने यात्रुहरुलाई कडाइ गर्ने घोषणा गरेको छ । डिसेम्बर ३० बाट चीनका यात्रु तथा पछिल्लो ७ दिनभित्रमा चिन गएको रेकर्ड भएका सबै यात्रुहरुको जापानको एयरपोर्टमा कोरोना परिक्षण गरिने छ। कोरोना सङ्क्रमण पुष्टि भए उनीहरूले होम क्वारेनटिन बस्नुपर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्