चीनको स्वास्थ्य आयोगले अबदेखि कोभिड सम्बन्धी दैनिक तथ्यांक सार्वजनिक नगर्ने



काठमाडौँ।

चीनको स्वास्थ्य आयोगले कोभिड सम्बन्धी दैनिक तथ्यांक प्रकाशन गर्न आइतबारबाट बन्द गरेको छ । कोभिड–जिरो नीतिअन्तर्गत लगाइएका कडा प्रतिबन्धहरु अचानक फुकुवा गरेपछि संक्रमणदर उच्च भएपछि तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठेको छ । जसका कारण अब सान्दर्भिक कोभिड तथ्यांकहरु मात्र उपलब्ध गराउने चीनको स्वास्थ्य आयोगले जानकारी गराएको छ । संक्रमणमा रेकर्ड वृद्धि हुँदापनि आयोगले तथ्यांक प्रकाशन रोक्नु अघि पनि लगातार चार दिनसम्म देशभर कोभिडका कारण भएको मृत्युको कुनैपनि रिपोर्ट गरेको थिएन ।

चीनले कोभिड संक्रमणबाट भएको मृत्युको परिभाषालाई पनि संकुचित बनाएको छ । चीनले अब कोभिडले निम्त्याएको निमोनिया र स्वासप्रश्वास विफलताबाट मृत्यु भएकालाई मात्र संक्रमणबाट भएको मुत्युमा गणना गर्ने भएको छ । यता, चीनले डिसेम्बर महिना सुरु भएदेखि नै लक्षणविहीन संक्रमणहरुको तथ्यांक दिन छोडिसकेको थियो भने संक्रमण ट्र्याक गर्न पनि कम गरेको थियो

प्रतिक्रिया दिनुहोस्