नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सर्लाहिमा ३ हजारको निःशुल्क आँखा उपचार



काठमाडौं । भरतपुर आँखा अस्पतालद्धारा सर्लाहिका ३ हजार बढि आँखा विरामीको उपचार र शल्यक्रिया नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाही पुगेर तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ । अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा ८ सय ९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए । सो शिविरमा मंसिर २६ र २७ गते २ सय ४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ ।

यस्तै सर्लाहीकै हरिवनमा रहेको चतुरभुजेश्वर शिव मन्दिरमा शिविर गरिएको छ । मंसिर २३ गतेबाट २९ गतेसम्म सञ्चालित उक्त शिविरलाई डाक फाउण्डेशनले सहयोग गरेको थियो भने गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले सहकार्य गरेका थिए ।

उक्त शिविरमा दुई हजार १ सय ४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिएका छन् । सो शिविरमा २ सय ६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । दुवै शिविरमा भरतपुर अस्पतालका नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठ र डा. रञ्जित साहले उपचार तथा शल्यक्रिया गरेको नेपाल नेत्रज्योतिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्