सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ?



काठमाडाैं ।

सुनकाे मूल्य मंगलबार घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्