बाजुरामा एक सुत्केरीको मृत्यु

तीन वर्षमा ९ सुत्केरीको जयान गयो



बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्बर ६ मा एक जना सुत्केरीको अत्याधिक रत्तस्राबका कारणले मृत्यु भएको छ । नितुको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको हो । मृत्यु हुनेमा २० वर्षीया नितु जैशी रहेकी बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले जानकारी दिए ।

असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बितिकै आफन्तले टाँटे स्वास्थ्य चौकीमा लगेका थिए । दिउँसो साढे चार बजे नितुले छोरीको जन्मदिएकि थिइन् । स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको र बच्चा निशासीएको अवस्थामा बच्चा जन्मेको वताए । तर, बच्चा जन्माउने बेला सुत्केरी महिलामा कुनै जटिल समस्या नभएको थापाले वताए ।

नितु सामान्य अवस्थामा रहेको भन्दै स्वास्थ्य चौकीले साढे ६ बजे घर पठाएको थियो । आफुहरुले त नाइ घरमा नलिनु भनेका थियौ, आफन्तले नमानेर घर लगेको थापाले वताए ।

घर लगेको केही समयमा नितु अत्याधिक रक्तस्राब भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकीमा ल्याएको स्वास्थ्यकर्मीले वताएका छन् । स्वास्थ्य चौकी पुगाएको २० मिनेटमा नितुको मृत्यु भएको इन्चार्ज छत्र थापाले वताए । स्वास्थ्य चौकी पुगाउदा अबस्था निकै जटिल रहेको थियो । उनलाई बचाउन नसकेको थापाले वताए ।

स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टादेखि २४ घण्टाभित्र सुत्केरी महिलालाई घर पठाउनुपर्ने प्रावधान रहेको छ । तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नितुलाई घर पठाएको बुझिन्छ ।

यो स्वास्थ्यकर्मीको लापरवाही रहेको एक स्वास्थ्यकर्मीले बताए । आफन्तले घर लिन खोजे पनि आठ घण्टापछि मात्र घर पठाउनु पर्ने हो । तर, चाँडै घर नपठाउनुपर्ने हो स्वास्थ्य संयोजक शाहले वताए । यदि सुत्केरी महिला स्वास्थ्य संस्था भएको भए महिला बाच्न सक्ने अबस्था रहेको उनले वताए ।

बाजुरामा तीन वर्षयता नितु लगायत ९ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदा यस्तो परिणाम आउने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए ।

अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले बताए । बाजुरामा तथ्याङ्क कुनै नभए पनि एक महिना एकदेखि दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।

हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्ने क्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै कमजोर रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्