रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


रुपन्देही ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ बर्षीय सन्तोष खत्री रहेका छन् ।

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराती सवा ११ बजे अनियन्त्रीत भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए । खत्रीलाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पु-याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।