काठमाडौंबाट एमालेका यी उम्मेदवार



काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्लाका उम्मेदवार करिब टुंगाएको छ । जसमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा किरण पौडेल प्रदेशसभामा क्षेत्र नम्बर १ (क) गणेश दुलाल र (ख) आत्मराम शर्मा
क्षेत्र नम्बर २ मा मणिराम फुयाँल प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) सानु श्रेष्ठ (ख) राप्रपाका उम्मेदवारलाई सघाउने ।
क्षेत्र नम्बर ३ मा कृष्ण राई प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) रामेश्वर फुयाँल र (ख) चन्द्रमान लामा उम्मेदवार बन्ने भएका छन् । त्यस्तै, क्षेत्र नम्बर ४ मा राजन भट्टराई प्रदेशसभातर्फ (क) तेज ढकाल (ख) देवराम थापा वा विदुर खड्का क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल प्रदेशसभातर्फ (क) दीपक निरौला (ख) नारायण सिलवाल क्षेत्र नम्बर ६ सर्वेन्द्र खनाल तथा प्रदेशसभा सदस्य (क) अमन शाक्य, (ख) निरेशलाल सिंह र क्षेत्र नम्बर ७ मा भने जसपाले उम्मेदवारलाई सघाउने। प्रदेससभातर्फ (क) श्याम घिमिरे (ख) जीवन मानन्धरलाई उम्मेदवार बनाउने भएको छ ।
यसैगरी क्षेत्र नम्बर ८ मा अष्टलक्ष्मी शाक्य प्रदेशसभातर्फ (क) निमा घम्चो र (ख) मा राप्रपाका उम्मेदावरलाई सहयोग गर्नेछ । क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभातर्फ (क) केशव पोखरेल र (ख) हरिकृष्ण डंगोललाई टिकट पाउने भएका छन् । क्षेत्र नम्बर १० मा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी प्रदेशसभातर्फ (क) शिवभक्ति बलामी र (ख) रामशरण बलामी उम्मेदवार बन्ने भएका छन् । क्षेत्र नम्बर ७ र १० मा जसपाका उम्मेदवारलाई सघाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्