स्करपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु



इलाम १७, असोज ।  स्करपियोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम नगरपालिका ४ का २३ बर्षिय बिशाल राई रहेका छन् । मेची राजमार्ग अन्तर्गत इलाम–बिब्ल्याँटे सडक खण्ड अन्तर्गत इलाम नगरपालिका ५ बिब्ल्याँटेमा ताप्लेजुङ्गबाट काठमाडौं जाँदै गरेको प्र ३ बा ०८८५ नम्बरको स्कारपियोले प्र १–०१–०१४ प १०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

स्करपियाको ठक्करबाट गम्भिर घाईते भएका राईको इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बिएण्डसि अस्पताल रेफर गरिएपनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनापपछि ठक्करदिने गाडिका चालक नुवाकोट कपने गाउँपालिका ७ का २४ बर्षिय छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्