दशैमा बलि दिने प्राणिको चिर शान्ति को कामना गर्दै २१ खेलाडि द्वारा मौन व्रत



रसुवा, १७ असोज । रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम कराते प्रशिक्षक दावा तामाङ सहित २१ जना खेलाडी हरू ले दशैको अवसरमा बलि दिने प्राणिका लागि चिर शान्तिको कामना सहित १६ गते देखि १९ गते सम्म चार दिन मौन व्रत वसेका छन । काठमाडौ बौद्व स्थित प्राचीन अनुवाद एकमात्रि गुरु संघ नेपालमा कालिका गापा वडा नम्बर १ र २ मा रहेका डोजो कराते खेलाडिहरु मौन व्रत ( ज्युङने) बस्न बसेका हुन ।

हिन्दु धर्मावलम्बीहरूको महान पर्व वडा दशैको उपलक्ष्यमा लाखौं निर्दोष प्राणिहरूको बलि दिने भएकाले उक्त प्राणीको आत्मको चिर शान्ति को कामना गर्दै प्राचीन अनुवाद एकमात्रि गुरु संघ नेपालको आयोजनामा करूणमय आर्य अवलोकेशोरको मौन व्रत अर्थात (ज्युङने उपबास) बस्न लागिएको वडा अध्यक्ष एव डोजो कराते प्रशिक्षक दावा तामाङ ले जानकारी दिनुभयो ।

जिवनमा जानी नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौध्द धर्मालम्बीहरु ञ्युङने बस्ने चलन रहेको छ । ञ्युङने मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात उपसना हो । ञ्युङने बस्दा आफुले चाहेको कामना पुरा हुने र परिवारमा समेत सुखशान्ति हुने वडा अध्यक्ष तामाङको भनाई रहेको छ । बौध्द धर्मालम्बीहरु विभिन्न समयमा ञ्युङने बस्ने गरेका छन् भने विशेष गरि लाखौ प्राणिहरुको हत्या हुने भएको हुदा दशैमा बस्ने ञ्युङने मौन ब्रत उपबास छुट्टै महत्व रहेको बौध्द धर्म गुरुहरुको भनाई छ ।

ञ्युङने (मौन व्रत) मा पालाना गर्नु पर्ने अष्टशीलहरु १. हत्या नगर्नु २. चोरी नगर्नु ३.व्यविचार नगर्नु ४. झुटो नबोल्नु ५. मादक पदार्थ सेवन नगर्नु ६. उच्च आसनमा नबस्नु ७. बिपरीत समयमा भोजन सेवन नगर्नु ८. फुलमाला,गहना,नाचगान नगर्नु । यस प्रकारको अस्टशील अनिवार्य पालना गर्नु पर्नेछ । ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्रष्ट रूप बताइएका छन् । ञ्युङने व्रत क्रिया तन्त्र विधि अनुसार हुने भएकोले सर्वप्रथम नुहाएर सफा सुग्घर हुनुपर्दछ । सुतिको नयाँ लुगा लगाएमा उत्तम हुनेछ ।

पुरानो लुगा भए रगत र मासुुको दाग र गन्ध नभएको सफा र सुकिलो हुनुपर्दछ । आफुले प्रयोग गर्ने ओड्ने ओछ्याउने शुद्ध र चोखो रूपमा प्रयोग गर्नुपर्दछ । आफुले प्रयोग गर्ने भाडा वर्तन सफा र शुद्ध हुनुपर्दछ । त्यसमा विशेष गरी मासु, प्याज, लसुन, जाँड, रक्सीको गन्ध हुनुहुदैन । ञ्युङने व्रतको बेला गुम्बामा सुत्ने ठाउँ नपुगेमा नजिकको घरमा सुत्न सकिन्छ । राती बजे सुति सक्नुपर्ने र बिहान सबेरै शील लिन आईपुग्नु पर्दछ । ञ्युङनेको समयमा बिहान छिटो उठ्ने बानी भएमा अरुलाई असर नपर्ने गरि उठ्नु पर्छ भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्