निबन्धकार मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण



काठमाडौं ।

गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो ।

लिट्टल एन्जल्सका प्रिन्सिपल रहनुभएका शर्माको पुस्तक सोमबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो– गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । भन्नुभयो–३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।

 

उहाँले अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । निबन्धकार शर्माले एक सताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको मेरो जिवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताउनुभयो । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफूलाई लेखन कार्यमा थप उर्जा मिलेको बताउनुभयो ।
‘मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसंग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफूले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुसीलागेको छ– भन्नुभयो । उहाँले यो पुस्तक संसारभर पु¥याउन मुख्य भुमिका खेल्नेकामना न्युन पब्लिकेशनको योगदान मुख्य रहेको छ भन्नुभयो । मलाई आशा छ कि तपाईहरुले , यस्लाई पढेर प्रतिक्रिया र सुझाव दिनुहुनेछ भन्ने आशा लिएको छु–विमोचन कार्यक्रममा शर्माले भन्नुभयो ।

उहाँले निबन्ध संग्रह तयार गर्नेक्रममा विद्यालयका संस्थापक एवं राज्यमन्त्री श्रेष्ठ, विद्या लिम्बू , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बु, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, दाजु हरिहर शर्मा प्रकाशक कामना न्युज पब्लिकेशनका दिरेकलाल श्रेष्ठ र परिवारको सदस्यको कारण निबन्धले सार्थकता पाएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै निबन्धकार एवं समिक्षक मोमिलाले आफ्नो साहित्य यात्रामा निबन्धकार मुकुन्दराज शर्माले गर्नुभएको योगदानले थप मलजल भएको बताउनुभयो । उहाँले भन्नुभयो–निबन्ध कृतिमा विषयगत विविधता रहेको छ , क्षणिकी लधु निबन्ध सटिक र प्रखर छ ।

अर्का निबन्धकार माधव प्रसाद पोखरेलले निबन्धमा श्रीमती र पत्नीलाई गुरु भएको प्रशंग ल्यार्एर धर्मपत्नीको सहयोगलाई मुख्य रुपमा लिएको पाएको बताउनुभयो ।

शर्मासंग निबन्ध लेख्ने शैली रहेछ, पढ्दा गजब लाग्यो, निबन्ध त यस्तो हुनुपर्छ भन्ने लाग्यो–उहाँले भन्नुभयो । निबन्धलाई सटिक बनाउने कलाले शर्मालाई उच्च ओहदाका साहित्यकारको रुपमा लिन सकिने धारणा अधिकांसको थियो ।

लिट्टल एन्जल्सका निर्देशक राजेश श्रेष्ठले उहाँको निबन्ध संग्रह लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । भन्नुभयो–उहाँको निबन्ध चर्चित भएपछि पुस्तक आकारमा आएको छ । यस्ले साहित्यक्षेत्रमा अर्को खुड्किलो थपिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बूले निबन्ध सरल भाषामा बगेको बताउदै शर्माको संग्रह उचाइमा पुग्ने अपेक्षा राखेको छु भन्नुभयो ।

कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उहाँले स्थापित साहित्यकार बनाएको बताउनुभयो । उहाँले भन्नुभयो– म साहित्यको ज्ञाता होइन तर मेरो भाइ मुकुन्दले यसअघि लेखेका सबै गितले चर्चा कमाएको थियो , अब निबन्ध संग्रहले थप उचाइमा पु¥याउनेछ । उहाँले यो निबन्ध प्रकाशक दिरेकलाल श्रेष्ठको गुरु दक्षिणाको रुपमा रहेको बताउनुभयो ।

निबन्धकार एवं साहित्यकार दयाराम श्रेष्ठले यो निबन्धले साहित्य क्षेत्रको उचाइ चुम्न सफल हुने बताउनुभयो । भन्नुभयो–मैले धेरै बोल्न जानेको छैन , बोल्दिन पनि तर यो निबन्ध संग्रहले नेपालको साहित्य क्षेत्रमा एक कुशल साहित्यकारले सफलता पाएका छन् ।

कार्यक्रममा कामना न्युज पब्लिकेशनका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले आफ्ना गुरु शर्माको कथाले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताउनुभयो । स्वर्गिय बाजे भरतलाल श्रेष्ठ र स्वर्गिय वुवा पुस्कारलाल श्रेष्ठको ३८ वर्ष लामो पब्लिकेशन र पब्लिसरको अनुभवलाई मेरो प्रिन्सिपलको पुस्तक प्रशाशन गर्न पाएकोमा गौरब महसुस भएको श्रेष्ठको भनाई थियो ।

२५ वटा निबन्धको सङ्कथन शब्दशिविर आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ। यस सङ्कथनभित्र गुन्द्रुक भिसादेखि विश्रान्ति (क्षणिकी–२)सम्मका बेजोड निबन्धहरूको सङ्कथन छ ।

देश तथा विदेशमा रहँदा आफ्ना अनुभव र अनुभूति शब्दमार्फत पाठकलाई पस्किनु भएको छ । फुर्सदको समय निकालेर उहाँले आफ्ना सिर्जनालाई अन्ततः ‘शब्दशिविर’को आकार बजारमा पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्