उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा कांग्रेसीबीच कुटाकुट



काठमाडौैंं । उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा धनुषामा कांग्रेसीहरुबीच कुटाकुट भएको छ । जिल्लाका क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार क्षेत्रीय समितिको बैठक बसेको थियो । संस्थापन इतरका नेता रामकृष्ण यादवले संस्थापन पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नखोजेको विषयमा विवाद भएको थियो । विवादपछि दुवै पक्षबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्