कंगोमा इबोला भाइरसका नयाँ संक्रमित भेटिए



काठमाडौं।

अफ्रिकी देश कंगोमा इबोला भाइरसका नयाँ संक्रमित भेटिएका छन् । समाचार एजेन्सीमा सार्वजनिक भएको समाचारअनुसार कंगोमा एकजनामा सोमबार इबोला भाइरसको सक्रमण पुष्टि भएको हो ।

कंगोको स्वास्थ्य मन्त्रालयले कंगोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको संक्रमण पुष्टिभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो। इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कंगोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो संक्रमण भेटिएको थियो ।
सो संक्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो । त्यस समय अफ्रिकाका अरु देशमा पनि इबोलाको संक्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्