नाका खुलाउन व्यवसायीको आग्रह



काठमाडौं  ।

दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामान रोकिएपछि व्यवसायी चिन्तित बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्