सल्यान नेपालको ६८औँ पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा



सल्यान । सल्यानलाई नेपालको ६८औँ पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए÷नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले बुधबार एक औपचारिक कार्यक्रमका बीच ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलध्येयका साथ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो  ।

खोप लाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।

१० स्थानीय तहका ८३ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ  । सल्यानमा १६ देखि २३ महिनासम्मका ३ हजार ५ सय ७७ जना बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि सल्यानका पालिकाहरूलाई योभन्दा पहिले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिसकेको छ ।

जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समितिको निर्णय, प्रदेश खोप समन्वय समितिको अनुमतिपछि सल्यान जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेको जानकारी दिनुभयो ।
पुर्ब सामान्य प्रशासन मन्त्री एवम् संघीय सांसद टेकवहादुर वस्नेतको प्रमुख आथित्यता र सल्यान प्रदेशका कका सांसद गुलावजंग शाहको विशिष्ठ आथित्यतामा सल्यान अव पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले सबैले खोपको महत्व वुझनुपर्ने र पाउने अधिकार र पाउनुपर्ने अधिकारवाट कुनै पनि बाललवालिका बञ्चित हुन नहुने वताउनु भयो ।

यस्तै प्रदेश सांसद शाहले बालबालिकाको राम्रो हेरचाहा नहुनु, पोसिलो खाना कुराको कमी हुनुको कारण अकालमै मृत्यु हुने गरेकाले भन्दै खोप लगाउनबाट कसैलाई बञ्चित हुन नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्