नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र मारवाडी युवा मञ्चबीच सम्झौँता



काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल मारवाडी युवा मञ्चबीच स्वास्थ सेवा लिनको लागि मारवाडी समुदायका तर्फबाट क्यान्सर स्क्रीनीङ लगायतका क्याम्पहरुमा स्पन्सर गर्ने र अस्पतालको तर्फबाट मारवाडी समुदायका कुनै पनि सदस्यले क्यान्सर स्क्रिनिङ प्याकेजमा २८ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको अन्य सेवाको लागि मारवाडी समुदायलाई ५ प्रतिशत छुट दिने भएको छ । बुधबार आयोजित कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्मा र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष डा सुदीप श्रेष्ठ तथा प्रबन्ध निर्देशक शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

नेपाल क्यान्सर हस्पिटलले बिगत लामो समय देखी विभिन्न संघ संस्थासंग मिलेर निशुल्क स्वास्थ शिविर तथा विभिन्न कार्यक्रमहरु तालिम गोष्ठी, सामाजिक स्वास्थ कार्यकम गरिरहेको कुरा नेपाल सेन्टरकी मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी गराउँनुभयो । उहाँले आगामी दिनमा पनि यसरीनै दुई संस्थाका बीच सहकार्यमा थप कार्यक्रम गर्ने योजना बनाईरहेको बताउँनुभयो ।

मारवाडी सेवा समिति अन्र्तगतको मारवाडी युवा मञ्च २०४९ सालमा स्थापना भै स्वैच्छिक युवा संगठन गठन गरिएको हो । मारवाडी सेवा समितिको कुनै पनि सदस्य (४५ वर्ष मुनिको) भएमा युवा मञ्चको सदस्यहुन् पाउने प्रावधान रहेको पनि जानकारी गराईयो । सन् २०१० मा स्थापना भएको मारवाडी सेवा समिति नेपाल आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको छ ।

त्यसैगरी युवा मञ्चले पनि मारवाडी सेवा समितिको मार्गदर्शनमा विभिन्न परोपकारी र कल्याणकारी कार्यहरू आयोजना र सहयोग गर्ने उद्देश्यले काम गर्दै आएको जानकारी गराईयो । साथै आउने दिनहरुमा यस संस्थाले अझै धेरै सामाजिक कार्यहरु गर्दै जाने लक्ष्य राखेको शर्माले बताउँनुभयो ।

त्यस्तै नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि “नेपालीको क्यान्सर उपचार नेपालमानै” भन्ने मुल नाराका साथ काम गरिरखेको डा. श्रेष्ठले जानकारी गराउँनुभयो । साथै क्यान्सर रोगिलाई उपचार गराई नेपाल क्यान्सरको तर्फबाट ४० हजार भन्दा बढी बिमारीले उपचार सेवा पाइसकेको पनि जानकारी गराउँनुभयो ।

नेपालको कुनै पनि प्रकारको क्यान्सर रोगीको लागि गुणस्तरिय तथा उत्कृष्ट स्वास्थ सेवा प्रदान गर्ने हस्पिटलको रुपमा क्यान्सर अस्पतालले सेवा उपलब्ध गराइरहेको र क्यान्सर रोग लाग्न नदिन साबधान अपनाउनु पर्ने जनचेतना कार्यक्रम पनि सन्चाल गरिरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्