पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४९ जना गरी जम्मा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५२ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्