प्रकाश आगो बन्ने प्रदीपको आशा



चकलेटी हिरोको रूपमा दर्शकको मनमा बसेका अभिनेता प्रदीप खड्का आगामी भाद्र १० गते अल नेपाल रिलिज हुने फिल्म प्रकाशमा भने फरक रूपमा प्रस्तुत हुँदै छन्। यसपटक दर्शकले उनलाई कथा र अभिनयमा मात्र नभई लुक्समा पनि भिन्न रूपमा पाउनेछन्।

हुन त अर्कै प्रोजेक्टका सम्बन्धमा सल्लाह गर्न दिनेश राउत (प्रकाशका निर्देशक) सँग भेटेको थिएँ। सोही बेला उहाँहरूले प्रकाशको बारेमा सेयर गरेको सेन्टझल अँइडियाप्रति मैले दिएको विचारले उहाँलाई टच गरेछ र म नै यसमा जोडिएँ। फिल्म सशक्त मिडिया हो।

फिल्म हेर्दाहेर्दै दर्शकलाई केही हेल्दी कुरा पनि दिउँ भन्ने हिसाबले यो फिल्ममा काम गरेको हुँ फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा प्रदीपले सुनाए २० वर्षअघि ब्याक टु द फ्युचर भन्ने फिल्म बनेको थियो। त्यो बेला भिडियो हेरेर कल गरेको प्रिडिक्ट गरेको थियो। तर, अहिले हामी भिडियो कलमा कुरा गर्छौँ। त्यो फिल्ममा भिडियो कललाई आर्ट सोचिएको थियो। आज त्यो टेक्निकल्ली रियालिटीमा आएको छ। हामीले प्रकाशमा सोचेको कुरा पनि आज झिल्काजस्तो लाग्ला तर त्यो डढेलोको रूपमा अघि बढ्ला । म त्यस्तै, आइडियामा कन्भिन्स भएको हो।

व्यवसायिक भनिँदै आएको फिल्ममा काम गरिरहेका प्रदीप अचानक कर्णालीको लवज र रहनसहनमा भिजेर सोहीअनुसार फिल्ममा प्रस्तुत हुँदा दर्शकबाट प्रतिक्रिया कस्तो आउला? कमर्सियल र नन कर्मसियल भन्नेमा ज्यादा डिभेट भएको पनि पाइन्छ तर जंक फुड हेल्दी छैन भन्ने थाहा हुँदैहँदै पनि हामी खान्छौँ। त्यस्तै, फिल्म पनि बढी पैसा कमाउने मात्र ठीक कम कमाउने बेठीक भन्ने हुँदैन। विस्तारै विस्तारै दर्शकको चेतनास्तर बढ्दै जान्छ र यी दुवै खालको फिल्म कर्मसियल हुन्छु प्रदीपको तर्क छ।

फिल्ममा शिक्षक बन्न संघर्ष गरिरहेको पात्रको रूपमा काम गरेका प्रदीपको वास्तविक जीवनमा भने शिक्षक बन्ने सपना त थिएन। तर, उनी आफ्ना दुई शिक्षकलाई भने सँधै सम्झिरहन्छन्। म कहिले आर्मी, कहिले बिजनेसम्यान कहिले ब्यांकर बन्छु भन्ने सोच्थेँ, टिचर नै बन्छु भन्ने चाहिँ कहिल्यै सोचिन। तर, मेरो दुईजना टिचरलाई चाहिँ सधैँ सम्झन्छु, म राम्रो स्टुडेन्ट थिए। फस्ट नै हुन्थेँ। तर, क्लास टेनमा पढ्ने बेला एक जना म्याथ टिचरले मलाई पिटुँला जस्तो गर्ने, दिनदिनै २० वटा ४ नम्बर र ८० वटा जति २ मास्कको क्वेस्चन हल गर्न दिनुहुन्थ्यो। गरिसकेपछि लास्ट पेजमा साइन गर्नुहुन्थ्यो। जहिले त्यति धेरै क्वेसचन हल गर्न अल्छि लागेर लास्ट पेज च्यातेर भोलिपल्ट एक पेजचाहिँ थपेर त्यही कपी सरलाई बुझाउँथे।

त्यो भएपछि सरले सबै पेजमा साइन गर्न थाल्नुभयो। मलाई एक किसिमको टर्चर नै फिल भएको थियोु प्रदीपले सम्झिए तर, जब एसएलसीको रिजल्ट आयो, म सुतिरहेको थिए सरले बिहानै ५ बजे नै फोन गरेर भाइ तिम्रो डिस्टिङन आयो भन्नुभयो। त्यसपछि मात्र सरले मेरै लागि पो त्यस्तो गर्नुभएको रहेछ भन्ने महशुस भयो। यदि, आफूहरूले प्रकाशले भन्न खोजेको कुरा दर्शकले बुझेमा आफू सफल भएको मान्ने प्रदीप बताउँछन्। फिल्म हेर्न एक जना मात्र आयो र हामीले भन्न खोजेको कुरामा कन्भिन्स हुनुभयो भने त्यो नै सफलता हुनेछ। हलमा डढेलै लाग्न नसके पनि ढिलो चाँडो हामीले दिएको म्यासेजले देशमा आगो लाग्न सक्ने खालको सिर्जना भयो भने राम्रो प्रदीप भन्छन्।

अभिनेत्री दिया मास्केले आफू लामो समयपछि सिनेमामा आएको तथा फिल्ममा पनि अन्य कलाकारभन्दा पछि प्रवेश गरेकोले आफूलाई केही हदसम्म गाह्रो भएको बताइन्। फिल्ममा आमाको रूपमा देखिएकी दीया आफ्नो पात्रको चुनौतीबारे भन्छिन्, करिअरको बिगनिङमै मैले कागबेनीजस्तो फिल्म तथा दलनजस्तो टेलिफिल्ममा च्यालेन्जिङ खालको रोल गरे। यदि यो फिल्ममा मलाई ८० वर्षकै देखिनु पर्ने भएको भए पनि क्यारेक्टर राम्रो थियो भने म गर्न तयार थिए। यो फिल्ममा एजुकेसन नभएको कर्णालीको स्थानीय महिला अनि बडी ल्यांग्वेज पनि त्यस्तै देखिन निकै मेहनत गर्नुपथ्र्यो दीयाले भनिन्।
फिल्मका लेखक विकास सुवेदीले फिल्ममार्फत शिक्षा र शिक्षकजस्तो समाजको ठूलो विषय उठाएको बताए।

शिक्षक कसरी हुने आफैंमा ठूलो इस्युको कुरा छ। शिक्षक बन्नु नै कति संघर्षपूर्ण छ। हजारौँ वर्षदेखि समाजमा दबिएको उसले आत्मसम्मानको खोजी गड्डयो भने र उसले गाउँबाट बाहिरको समाज देखेको छैन भने उसले देख्ने सपना नै शिक्षक हो विकासले फिल्मको कथावस्तुबारे खुलाए। काम गर्दै जाँदा राम्राे रेस्पोन्स पाएपछि जति सफलता पायो, अब त्योभन्दा राम्रो गर्नुपर्छ भन्ने प्रेसर हुने रहेछ। त्योभन्दा एक स्टेप माथि गएर कसरी काम गर्ने भन्ने खालको धेरै ठाउँ हुन्छ। जसरी कर्णाली घुमेर त्यहाँको कुरा भयो, यस्तो पनि ठाउँ छ र भन्ने भयो। कर्णाली र त्यहाँको लाइफ स्टाईलको कुरा गर्दा आफैंलाई नेपाललाई भन्नै पर्ने कुरा रहेछ भन्ने लागेर यो फिल्म निर्माण गरियोु निर्देशक दिनेश राउतले सुनाए प्रदीपसँग अर्कै प्रोजेक्टको बारेमा भेट भएको थियो।

तर, यो फिल्मको विषयमा क्याजुअल्ली कुरा भएपछि सब्जेक्टप्रति ऊ पनि उत्साहित भयो। खासमा उसलाई त्यो क्यारेक्टर गर्नको लागि सुनाएको थिइन। तर, उसले यस्तो खालको फिल्मप्रति देखाएको रुचि हेर्दा मैले जे सोचेको थिएँ, त्यही होइन रहेछ। उसले फिल्मलाई सिरियस हिसाबले पनि सोच्दोरहेछ भन्ने भएपछि उसलाई नै यो फिल्ममा लिनुपर्छ भन्ने भयो। एक किसिमको लेभलमा पुगेर दर्शकले रुचँइसकेको मान्छे यो खालको क्यारेक्टरमा आउनु र गर्नु भनेको इन्डस्टि्काे लागि नै राम्रो कुरा हो भन्ने भएपछि लक डाउनको समयमा नै फिल्मका लागि एक्टिङ कोर्स गरेको हो।महेन्द्र अधिकारीको निर्माण रहेको फिल्ममा प्रदीप र दियाको साथमा प्रकाश घिमिरे, राजन खतिवडा, अम्जमद प्रवेज, रानु योगी, देवकुमार श्रेष्ठ, हेम बीसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनार, पवित्रा खड्का, लोकेन्द्र लेखक, निरज पन्थी र धनराज सुनारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्