एकैदिन १०९० जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौँ ।

काठमाडौँ। देशभर थप १०९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३० जनागरी जम्मा १०९० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ ।

हाल नेपालमा ५ हजार ८०६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्