थप ६६० जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु



काठमाडौँ।

देशभर थप ६६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९४२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय २६ जना र २ हजार ७४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार १८५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ४४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ०६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेका छन् ।

हाल नेपालमा ५ हजार ६४१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्