एकैदिन ८१४ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ।

देशभर थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९ जना र २ हजार ६५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३०५ जनामा गरी जम्मा ८१४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ९९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७० हजार ६२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६८ पुगेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार १४४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्