परिणाममुखी अनुसन्धानमा जोड दिऔं : स्वास्थ्यमन्त्री खापुङ



काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले देखीने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा बुधबार बोल्दै स्वास्थ्य मन्त्री खापुङले देखीने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिनुभएको हो ।

उहाँले परिषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पहल गर्ने बताउनुभयो । ‘परिषद्को कर्मचारी प्रशासन सम्बन्धी विनीमयनावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसंग छलफल गरी समाधान दिन पर्यत्न गर्छौ’ भन्नुभयो । मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसंग पनि जोडिएकोछ भन्नुभयो ।

सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ भन्नुभयो ।’

परिषद्लाई संघिय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभएको थियो । परिषद् अध्यक्ष प्रा.डा.गेहनाथ वरालको अध्यक्षतामा संचालित कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले परीषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचना बारे जानकारी गराउँनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्