एकैदिन ३३५ जनामा कोरोना सङ्क्रमण



काठमाडौं ।

देशभर थप ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १६ जना र १ हजार ९०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा गरी जम्मा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २४ हजार ७६७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्