पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना पुष्टि



काठमाडौं ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छ । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ९८२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्