पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना पुष्टि, ५१ जना निको



काठमाडौं ।

देशभर थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५२ जना र १ हजार ८९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा गरी जम्मा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार २०१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ३८५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्