फेरि देखिन थाले नाकामा कोरोनाका सङ्क्रमित



वीरगन्ज ।

भरतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार वीरगन्ज नाकामा फेरि दैनिक जसो कोरोना भाइरसको संक्रमित फेला पर्न थालेका छन् । वीरगन्जको इनर्वा नाकामा सन्चालित हेल्थडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने कोरोनाका शंकास्पद व्याक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

कोरोनाको तेश्रो लहर सकिएपछि फागुन देखि जेठ तेश्रो साता सम्म हेल्थ डेस्कको परीक्षणमा संक्रमति फेला परेका थिएनन् । तर जेठ २३ गतेदेखि यता भने हेल्थ डेस्ककोे परीक्षणमा दिनहुजसो संक्रमित फेला परिरहेको हेल्थडेस्ककी इन्चार्ज डाक्टर अनिषा महतोले बताउनुभयो । उहाँका अनुसार विगत एक महिनामा २६ जना संक्रमित फेला परेका छन् । जेठ २३ गते देखि शुक्रबार सम्म २६ जनामा संक्रमण भेटिएको महत्तोले  बताउनुभयो ।  शुक्रबार एक जनामा र बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

एक महिना यता संक्रमण पुष्टि भएका २६ जनामध्ये २५ जना भारतीय र १ जना नेपाली रहेका छन् । पछिल्लो एक महिनाको परीक्षणको नतिजाले कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको संकेत मिलेको उहाँले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्