पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको संख्या छ सय नाघ्यो



काठमाडौँ ।

पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्