थप ४४ जनामा कोरोना पुष्टि, १७ जना निको



काठमाडौं ।

देशभर थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८५२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८ जना र ९ सय ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा गरि जम्मा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ ।

हाल नेपालमा २ सय २९ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्