नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले चम्चा



काठमाडौं ।

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । काठमाडौंंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेकी थिइन्।

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चालाई बिनाशल्यक्रिया निकालेको हो । आमाशयमा अड्किएको चम्चालाई निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालेको कुँवरले बताए ।

उक्त डा कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्