पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण , १६ जना निको



काठमाडौं ।

देशभर थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र ८ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनागरी जम्मा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३७२ पुगेको छ । हाल नेपालमा १ सय ८८ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्