टिचिङ अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बिमा कार्यक्रम



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।

शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो ।

बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले  भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्