नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पतालमा उपचार हुँदै



काठमाडौं । पछिल्लो समय अमेरिका र यूरोपमा देखिएको मङ्कीपक्स भाइरस नेपालमा पनि देखिएको आशंका गरिएको छ । दुबईबाट हालै नेपाल आएका एक युवकमा मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएपछि उक्त रोगको आशंका गरिएको हो ।

उनकाे काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार जारी रहेको अस्पताल श्रोतले जनाएको छ ।

उपचारत ती बिरामी २७ बर्षीय युवक रहेको बताइएको छ । उनमा सात दिनदेखि लगातार ज्वरो आएको र शरीरमा मङ्कीपक्स भाइरसको जस्तो धेरै राता फोकाहरु आएको पाइएको छ ।

अस्पताल श्रोतका अनुसार बिरामीको हालको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरिएको छ । परीक्षणपछि अझै प्रष्ट हुने बाताइएको छ ।

मङ्कीपक्सको लक्षणहरु ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु हुन् ।

प्रतिक्रिया दिनुहोस्