बागमती प्रदेशका स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. विराज कर्माचार्य नियुक्त



काठमाडाै‌ं ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा. विराजमान कर्माचार्य नियुक्त भएका छन् । मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा ‘जनस्वास्थ्य सल्लाहकार’ पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन् ।

अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ (५) अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको अनुमतिमा कर्माचार्यलाई विज्ञ सल्लाहकार नियुक्त गरेको मन्त्री लामाको सचिवालयले जनाएको छ । कर्माचार्य धुलिखेल अस्पताल पब्लिक हेल्थ डिपार्टमेन्टका एशोसियट प्रोफेसर हुन् ।

प्रतिक्रिया दिनुहोस्