थप १२ जनामा कोरोना पुष्टि, १६ जना निको



काठमाडौँ ।

देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र ८ सय ६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा गरी जम्मा १२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ । हाल नेपालमा ९३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्