थप १५ जनामा सङ्क्रमण पुष्टि, १३ जना निको



काठमाडौं ।

देशभर थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी जम्मा १५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट १३ जना निको भएका छन् । यससंगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार २१७ पुगेको छ।

हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको मृत्‍यु भएको छैन । हाल सम्म नेपालमा सङ्क्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्